निर्वाचन आयोगद्वारा चुनाव चिन्ह प्रदान, पौडेललाई भुईकटहर, बालेन र गनेशलाई लौरो चिन्ह

निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ ।
पार्टीगत रुपमा चुनाव लडेकाहरुले पार्टीकै चुनाव चिन्ह प्रदान गरिन्छ भने स्वतन्त्र उम्मेदवारलाई आयोगले चुनाव चिन्ह प्रदान गर्ने गर्दछ ।

आयोगले काठमाण्डौको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेन र पोखरा महानगरपालिकाका स्वतन्त्र उम्मेदवार गनेश पौडेललाई लौरो चुनाव चिन्ह प्रदान गरेको छ ।

त्यस्तै भरतपुर महानगरपालिकामा कांग्रेसबाट असन्तुष्ट भई स्वतन्त्र उम्मेदवारी दिनुभएका जगन्नाथ पौडेललाई आयोगले भुईंकटहर चुनाव चिन्ह प्रदान गरेको छ ।

Facebook Comments