नेकपा असफल हुँदा महत्वपूर्ण ज्ञान मिलेकाे छः प्रचण्ड
५ दलीय गठबन्धन देशकाे आवश्यकता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन अवस्थामा कम्युनिष्टहरूवीचकाे एकता हुँदा महत्वपूर्ण ज्ञान हाँसिल गरेकाे बताउनुभएकाे छ ।
केपी अाेलीसँग एकता गरेर के पाइस भन्छन्, ५ दलीय गठबन्धनले चितवनकाे भरतपुरमा गरेकाे चुनावी सभालाइ सम्बाेधन गर्दै प्रचण्डले भन्नुभयाे, मैल अरू त के पाउनु र महत्वपूर्ण ज्ञान हाँसिल भएकाे छ ।
साथै अध्यक्ष प्रचण्डले भरतपुरमा कांग्रेस–माओवादी गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने बताउनुभयाे । रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई अनुमोदन गरे १०/२० वर्ष गठबन्धनलाई कायम राख्न मद्दत पुग्ने प्रचण्डकाे प्रतिवद्धता थियाे ।
गठबन्धन राष्ट्रको आवश्यकता हो, गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देशको विकास र समृद्धिको आवश्यक हो भन्ने बुझेर मतदान गर्न गठबन्धनका कार्यकर्ता समक्ष प्रचण्डकाे अपिल थियाे ।

