काठमाडौं महानगरपालिकाले ‘कल सेन्टर’ चलाउँदै
काठमाडौं महानगरपालिकाले नागरिकका गुनासा सम्बाेधनका लागि भन्दै सोमबारबाट कल सेन्टर चलाउने भएको छ ।
महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले एक साताभित्र कलसेन्टर चलाउने निर्णय गरेकाे थियाे ।
साेही निर्णय कार्यान्वयनका लागि सोमबारबाट महानगरमा कल सेन्टर चलाउन लागिएकाे हाे ।
यद्यपि सरकारी निकायमा टाेल फ्रि नम्बर तथा फाेन नम्बरमा समेत कल गर्दा नागरिकका गुनासा सम्बाेधन हुने गरेका छैनन् । महानगरपालिकाले पनि गुनासाे सम्बाेधनका लागि भन्दै कल सेन्टर सञ्चालनमा ल्याउन लागेकाे हाे ।
त्यस्तै महानगरमा मेयर बालेन्द्र शाह बालेनकाे प्राथमिकताकाे कार्यक्रम मध्ये ‘पूर्वाधार एम्बुलेन्स’ चलाउनका लागि पनि तयारी थालिएकाे छ ।
सडक, पूर्वाधार क्षेत्रमा आएका गुनासो तत्काल समाधान गर्न पूर्वाधार एम्बुलेन्स चलाउन लागिएकाे हाे ।
Facebook Comments

