प्रदेश सरकारकाे बजेट सार्वजनिक हुँदै
संवैधानिक प्रावधानअनुसार प्रदेश सरकारकाे बजेट सार्वजनिक हुँदैछ । अर्काे वर्षकाे लागि बजेट असार १ मा प्रदेश सरकारकाे बजेट संसदमा पेश गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
जस अनुसार सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष ०७९/८० को बजेट प्रदेश सभामा पेश गर्दैछन् । संवैधानिक ब्यवस्था अनुसार यसअघि सातै प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रम संसदमा पेश गरी पास भइसकेकाे छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।
संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले ल्याएने बजेटमा कृषि, पर्यटनमा जाेड दिने गरिएकाे छ । यसकाे साथै यस वर्ष प्रदेश र संघका लागि निर्वाचन हुने भएकाले पनि केही निर्वाचनमुखी कार्यक्रमका लागि समेत बजेट विनियाेजन हुने निश्चित छ ।
Facebook Comments

