बजेटसँग सम्बन्धित ३ विधेयक पारित
एमाले अनुपस्थित
प्रतिनिधिसभाकाे बैठकले प्रतिपक्षी दल नेकपा एमालेकाे अनुपस्थितिमै बजेटसँग सम्बन्धित तीन वटै आश्रित विधेयक पारित गरेकाे छ ।
प्रतिनिधिसभाकाे साेमबार बसेकाे बैठकले करका दर समेटिएको आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत पच्चीसौं संशोधन विधेयक बहुमतले पारित गरेको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको थियो। एमालेले बजेट निर्माणमा अर्थमन्त्री जनार्दन शर्माले गम्भीर त्रुटी गरेर राष्ट्रलाइ नाेक्सानी पुर्याएकाे दाबी सहित अर्थमन्त्रीमाथि छानविनकाे माग गरेकाे छ ।
साथै प्रतिनिधिसभाकाे यसअघिका बैठकमा एमालेले अर्थमन्त्रीकाे राजीनामा र संसदीय छानविनकाे माग गरेकाे थियाे ।
साेमबार भने प्रतिपक्षी दल एमालेकाे अनुपस्थितिमा सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको बैठक सञ्चालन गरिएकाे हाे । यसअघि नै बजेट अर्थात् विनियोजन विधेयक पारित भइसकेकाे छ ।

