निजगढ विमानस्थल बनाउने भनिएकाे स्थानमा प्रधानमन्त्री सहितका नेताकाे अवलाेकन
सर्वाेच्चकाे फैसलापछि निजगढमा विमानस्थल बनाउने प्रक्रिया पुनः सुरू गर्नुपर्ने भएकाे छ । यसैवीच प्रधानमन्त्री सहितका सत्ता गठबन्धनका नेताहरूले निजगढ विमानस्थल निर्माण गर्ने भनिएकाे स्थलकाे अवलाेकन भ्रमण गरेका छन् ।
अवलाेकन भ्रमणपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले निजगढमा दुई वटा रनवे सहितकाे विमानस्थल बनाउनका लागि प्रधानमन्त्री सकारात्मक रहेकाे बताउनुभयाे ।
शनिबार बारास्थित निजगढको अवलोकन गर्ने क्रममा सम्बोधनको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा रनवे बनाउने गरी गो अहेड भनिसकेकाे बताउनुभएकाे थियाे ।
प्रधानमन्त्री देउवा लगायत सत्ता गठबन्धनका शीर्ष नेताहरू विमानस्थल बन्ने क्षेत्रको अवलोकन गर्न गएका हुन् । त्यहाँ पुगेर प्रधानमन्त्री देउवाले भनेको कुरामा अरू नेताहरूलसमर्थन गरेको बताउनुभयाे ।
निजगढकाे विमानस्थल र फास्ट ट्र्याक एक अर्कासँग सम्बन्धित रहेकाे प्रचण्डकाे भनाइ छ । फास्ट ट्रयाक निर्माण धेरै अगाडी बढेकाले विमानस्थल पनि निर्माण गर्नुपर्नेमा सबै सहमत भएकाे उहाँकाे तर्क छ ।

