नेपाल भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदन बुझ्न प्रचण्डकाे आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल-भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदन बुझेर नेपाल-भारत सम्बन्ध अगाडी बढाउनुपर्ने बताउनुभएकाे छ । साथै उहाँले उक्त प्रतिवेदनका सकारात्मक सुझावका आधारमा नेपाल भारत बीच भएको सन् १९५०को सन्धि पुनरावलोकन गर्नुपर्ने बताउनुभएकाे छ ।

नेपाल-भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदन बुझ्न नै भारतीय पक्ष सकारात्मक नदेखिदा प्रतिवेदन नै २ बर्षदेखि त्यतिकै थन्किएका बेला अध्यक्ष प्रचण्डले सन्धि पुनरावलाेकनकाे मुद्दा पुनः उठाउनुभएकाे हाे । सन्धि पुनरावलाेकनकाे बिषय नेपाली पक्षले उठाउने गरेपनि भारतीय पक्षले भने त्यति चासाे दिने गरेकाे छैन ।

भारत भ्रमणका क्रममा शनिबार भारतको राजधानी नयाँदिल्लीस्थित फाउन्डेशन फर पब्लिक अर्वानेश एण्ड पोलिसीको कार्यक्रममा बोल्दै उनले सन् १९५०को सन्धि पुनरावलोकन गर्नुपर्ने धारणा दाेहाेर्याउनुभएकाे हाे । उहाँले यसअघि पनि सन्धि पुनरावलाेकनकाे बिषय उठाउने गर्नुभएकाे थियाे ।

कूटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्याहरू समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाई गर्न नहुनेमा समेत प्रचण्डकाे जाेड थियाे ।

नेपाल-भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई बुझ्नुपर्ने उहाँकाे धारणा थियाे ।

नेपाल-भारतबीचको सम्बन्ध परापूर्वकालदेखिनै प्रगाढ रहेको उल्लेख गर्दै प्रचण्डले कुनै समस्या देखिएमा संवादको माध्यमबाट समाधान गर्दै अघि बढन सकिने बताउनुभयाे।

Facebook Comments