थप १ सय ६३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा १ सय ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ७४६ परीक्षणमा १६३ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले १ हजार ७ सय १८ पीसीआर परीक्षणमा १ सय १२ जना र २ हजार २८ एन्टिजेन परीक्षणमा ५१ जनामा संक्रमण देखिएको जनाएकाे छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ सय ३० रहेको छ र पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ३० रहेको छ ।
Facebook Comments

