चुच्चे नक्शाबारे दलका आ-आफ्ना दाबी

निर्वाचनकाे पूर्वसन्ध्यामा चुच्चे नक्शाबारे दलहरूले आफ्ना दाबी पेश गर्न थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुलामा पुगेर नेपालकाे चुच्चे नक्शा आफ्नाे पहलमा बनेकाे बताएपछि सत्ता गठबन्धनका दलहरूले त्यसकाे प्रतिवाद गरेका छन् ।

दार्चुलामा भएकाे चुनावी सभामा नेपाली भूभाग समेटिएकाे नक्शा संसदबाट एकमतले पास गरेकाे भन्दै ओलीले आफू एक्लैले नक्शा जारी गरेकाे भनेर झुटकाे खेती गरेकाे सत्ता गठबन्धनकाे नेताहरूकाे भनाइ थियाे ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसदले एक मतले पास गरेको बताउनुभयाे ।

बुधबार दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मात्रै पास गरेको जस्तो गरेर झुटा कुरा गरिरहेको आरोप लगाउनुभयाे । कांग्रेस, माओवादी केन्द्र लगायतका सबै दल मिलेर एक आवाजमा संसदबाट पास भएको प्रधानमन्त्रीकाे भनाइ थियाे ।

साथै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि तत्कालनी नेकपाका बहुमत सदस्यले नेपाली भूभागकाे नक्शा प्रकाशन गर्न दवाव दिएपछि मात्र नक्शा संसदमा पेश हुन सकेकाे बताउनुभयाे । उहाँले नक्सामात्रै बनाएर नहुने र कुटनीतिक तवरबाट भारतसँग कुरा गर्नुपर्ने बताउँदा ओलीले कहिल्यै हिम्मत नगर्ने बताउनुभयाे ।

ओलीले चुनाव आएपछि राष्ट्रवादको कुरा गर्ने आरोप प्रचण्डको थियो। चुनाव आएपछि राष्ट्रवादको कुरा गर्ने तर सरकारमा गएपछि लम्पसार पर्ने केपी ओलीकाे बानी मैले नजिकबाट देखे, सुनेर धेरै ज्ञान प्राप्त गरेर अहिलेको गठबन्धन बनाएको हो प्रचण्डले जिकीर गर्नुभयाे ।

Facebook Comments