मट्टीखान डाडाँमा रेल होइन, पिच बाटो चाँहियो : स्थानीय
कास्की क्षेत्र नम्बर २ का मतदाताहरुले डाडाँमा रेल होईन् घर छेवैको बाटो पिच गरिदिने प्रतिवद्ध गठबन्धनका नेतालाई भोट हाल्ने बताएका छन् । पाँच दलीय गठबन्धनबाट कास्की २ का उम्मेद्वारहरु घरदैलोका क्रममा पोखरा १५ पुग्दा त्यहाँका जनताहरुले ठूला ठूला आश्वासन देखाउनुभन्दा स–साना समस्या समाधान गरिदिन पहल गरेका थिए ।
पोखरा १५ का मतदाता चन्द्रकिशोर गौतमले रेलको सपना देखाउन भन्दा पनि जतनाका स–साना समस्यामा साथ दिन आग्रह गर्नुभयाे । ‘पहिला पनि कुन रेल भने पानी जहाज भने ग्यासको पाईप भनेर भोट मागे ५ वर्षसम्म केही गरेनन्,’ उहाँले भन्नुभयाे, ‘यो पटक नि मट्टिखानको डाडाँमा रेल भन्ने सुनेको छु त्यो हुँदै नहुने सपना किन बाड्ने? हामीलाई बाटो बनाईदिए भयो, पानी, पानी बिजुली, स्वास्थ्य, शिक्षा जस्ता विषयमा ध्यान दिए भईहाल्यो नि ।’
केही दिन अघि विपक्षी पार्टीको नेताको प्रतिबद्धतापत्रमा पर्यटन र संस्कृति शीर्षकमा कृस्ती, निर्मलपोखरी, भरतपोखरी, मट्टिखान, हुँडिकोटमा पर्यटकीय आकर्षणको रिजलाइन (डाँडामा रेल सेवा) सञ्चालन गर्न सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढाइने बुँदा समेटिएको थियो ।
त्यही विषयलाई लिएर पोखरा १५ का स्थानीयलाई गठबन्धनका उम्मेदवारलाई प्रश्न गरेका हुन । उनीहरुको समस्या र मागमा गठबन्धनबाट कास्की २ मा उम्मेदवार बनेको श्रीनाथ बरालले आफूहरु जनतालाई सपना देखाउनभन्दा पनि काम गरेर देखाउन आएको बताउनुभयाे । गठबन्धनको प्रतिवद्धता पत्र देखाउँदै कुनै पनि पुरा नहुने विषय नरहेको स्पष्ट पार्दै उहाँले धेरैले गठबन्धनका नेतालाई साथ दिने बिश्वास व्यक्त गर्नुभयाे ।
घरदैलौ कार्यक्रममा बरालले देलाई अप्ठ्यारो पर्ने बेलामा काँग्रेस र कम्युनिस्ट एकै ठाउँमा भएको बताउनुभयाे । गठबन्धनका उम्मेदवारहरुले जितेमा महिला र युवा केन्द्रित कार्यक्रम अघि बढाउने प्रतिवद्धता जनाउनुभयाे । पोखराको बजारको सवारी चाप घटाउन बाईपास रोड बनाउने, नगर बसलाई ब्यवस्थित बनाउने, पछि परेको समुदाय र गरिबी सुकुम्बासीलाई माथि उठाउन छुट्टै ऐनको लागि पहल गर्ने उहाँको भनाई थियो ।
यस्तै कास्की १ (क) का उम्मेदवा विश्वप्रकाश लामिछानेले संविधानमा लेखिएको मौलिम हक पूरा गर्ने बताउनुभयाे । आफूहरुसँग सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको समस्या समाधान गर्ने योजना रहेकोकाले गठबन्धनलाई जिताउन उहाँको आग्रह थियो ।
गठबन्धनको सरकार बनेको समयमै नै धेरै ठाउँमा सुकुम्बासीलाई निस्सा वितरणको काम सरु गरिएको उहाँकाे भनाइ थियाे । उहाँले निस्सा लिएकाहरुलाई लालपुर्जा प्रदान गर्न पनि अब फेरी गठबन्धनकै उम्मेद्वारले जित्नुपर्ने बताउनुभयाे ।

