सन्दीप लामिछानेलाई धराैटीमा छाड्न आदेश
उच्च अदालतले पाटनले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई २० लाख धराैटी र बिभिन्न शर्त पालना गर्ने गरी थुना मुक्त गर्न आदेश दिएको छ।
पीडित नाबालिग र निजका नातेदार लगायतसँग सम्पर्क गर्न नपाउने, विदेश जान नपाउने, पासपाेर्ट राेक्का गर्ने तथा उपत्यका बाहिर जाँदा समेत प्रहरीकाे अनुमति लिनुपर्ने लगायतका शर्त अदालतकाे आदेशमा उल्लेख छ ।
बिहीबार अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।
लामिछानेका कानुन व्यवासयीले भाेली धरौटी बुझाएर छुट्ने जानकारी दिएका छन् । काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरूद्ध सन्दीप उच्च अदालत पुगेका थिए।
गत असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। सन्दिपका कानुन व्यवसायीले भने पीडित नाबालिग नरहेकाे वकालत गरेका छन् ।

