सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्यः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सद्भाव एवं आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य हुनुपर्ने बताउनुभएकाे छ ।

जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवनपद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुने राष्ट्रपतिकाे धारणा छ ।

फागुन ७ अर्थात प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभउकेा छ ।

उहाँले वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्ने बताउनुभएकाे छ ।

‘सहिदहरूको उच्च बलिदानले वर्तमान समयसम्मका हाम्रा राजनीतिक एवं सामाजिक सुधारका आन्दोलनहरूलाई प्रेरणा दिएको छ भने भविष्यमा पनि उहाँहरूको सहादतले हामीलाई मार्गदर्शन गरिरहने छ’, राष्ट्रपति भण्डारीको सन्देशमा भनिएको छ, ‘यस कारण प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्व स्थायी बनाउनुका साथै सहिदको अमर गाथा पनि सदैव स्मरण गराउँछ।’

Facebook Comments