कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्नुहुने भएकाे छ ।
कांग्रेसकाे शनिबार बिहान बसेकाे बैठकले पाैडेललाई राष्ट्रपतिकाे उम्मेदवार बनाउने निर्णय गरेको हाे ।
राष्ट्रपतिकाे उम्मेदवार मनाेनयनका लागि कांग्रे कार्य सम्पादन समितिको बैठक बसेकाे थियाे ।
राष्ट्रपतिको निर्वाचनका लागि आजै उम्मेदवारकाे मनोनयन दर्ता गर्ने कार्यसूची छ । मतदान यही फागुन २५ गते हुँदैछ ।
Facebook Comments

