पहाडी क्षेत्रमा हल्का वर्षा
मंगलबार बिहानैदेखि मुलुकका पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ। मुलुकभर बादल लागेकाे छ भने काठमाडौं, पाेखरा, पाल्पा लगायतका स्थानका हल्का वर्षा भएकाे हाे ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्बिनी, बागमतीप्रदेश लगायत पश्चिमका प्रदेशका पहाडी तथा हिमाली भुभागहरूका थोरै स्थानमा हिमपात र केही पहाडी स्थानमा हल्का वर्षा भइरहेको जनाएकाे छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Facebook Comments

