हाेला त मन्त्रिपरिषद बिस्तार

सत्ता गठबन्धनमा भागभण्डा र गठबन्धन नै अदलबदलका कारण सरकार गठनकाे ३ महिना वित्दा समेत मन्त्रिपरिषद विस्तार हुन सकेकाे छैन । आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बिस्तारको तयारी गर्नुभएकाे छ ।

मन्त्रिपरिषद बिस्तारका लागि मन्त्रालय भागबन्डा र दलहरूसँग नाम १ बजेभित्र उपलब्ध गराउन प्रधानमन्त्रीले दलहरूसँग अनुराेध गर्नुभएकाे छ ।

प्रधानमन्त्रीकाे सचिवालयका अनुसार दलहरूले मन्त्री हुनेहरूका नाम दिनेबित्तिकै मन्त्रिपरिषद बिस्तार र सपथग्रहण समेत गर्ने तयारी गरेका छन्।

कांग्रेसले ८, माओवादीले ५, जसपा र एकीकृत समाजवादीले २/२, जनमतले एक मन्त्री र एक राज्यमन्त्री, नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टीले एक-एक मन्त्रालय लिने सहमति बनेको थियो। यसअघि आज शुक्रबार ३ बजे सपथका लागि तयारी भएकाे बताइए पनि अहिलेसम्म समय भने टुंगाे लागिनसकेकाे बुझिएकाे छ ।

Facebook Comments