राष्ट्रिय परिचयपत्र रूजु गर्ने निजी कम्पनीकाे ठेक्का खारेज

राष्ट्रिय परिचयपत्रमा अभिलिखित नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्न निजी कम्पनीलाई दिइएको ठेक्का खारेज भएकाे छ । तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबाट जारी कार्यविधि र फास्ट ट्रयाकमा दिइएकाे ठेक्का मंगलबार बसेकाे मन्त्रिपरिषद बैठकले खारेज गरेकाे हाे । ।

सार्वजनिक सेवा लिने नागरिकलाई आवश्यक परेका बेला विवरण रुजु गर्ने संयन्त्र बनाउने सरकारकाे तयारी छ । १० वर्षमा सर्वसाधारण नागरिकबाट कमिसनबापत एक अर्ब उठाउने प्रस्तावसहित आएको कम्पनीलाई ठेक्का दिन सार्वजनिक खरिद ऐनविपरीत जम्मा सात दिनको बोलपत्र आह्वान गरिएको थियो ।

ठेकेदारको सेटिङमा सार्वजनिक खरिद ऐनविपरीत कार्यविधि ल्याएर प्रतिस्पर्धा साँघुरो पारी ठेक्का दिलाएको भन्दै टिप्पणी हुने गरेकाे थिए । प्रचलित कानुन विपरीत रहेकाे, अर्थ मन्त्रालय र कानुन मन्त्रालयबाट सहमति लिनुपर्नेमा त्यसो नगरेकाले ठेक्का र कार्यविधि दुवै खारेज गरिएकाे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।

Facebook Comments