जसपा अध्यक्ष उपेन्द्र यादव बारा २ बाट निर्वाचित

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएकाे छ ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पछि पार्दै विजयी हुनुभएकाे हाे ।

निर्वाचन आयोगका अनुसार विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत प्राप्त गर्नुभयाे । त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गर्नुभयाे ।

पूर्वडीआईजीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने २ हजार ८ सय २९ मत मात्र प्राप्त गर्नुभयाे । खरेल सहितका अन्य सबै उम्मेदवारकाे जमानत जफत भएकाे छ ।

Facebook Comments