‘जनयुद्धमा धादिङ’ पुस्तक विमोचन
‘जनयुद्धमा धादिङ’ पुस्तक विमोचन गरिएकाे छ । पुस्तकमा २०५२ साले देखि २०६२ साल सम्म चलेको जनयुद्धका क्रममा धादिङमा मारिएकाहरुको जीवनी, वेपत्ता, घाईते/अपाङ्ग, विस्थापितहरुको सूची, जनयुद्ध संस्मरण, ऐतिहासिक फोटोहरु समेटिएको छ ।
एन. एस. मिडिया धादिङले प्रकाशन गरेको पुस्कककाे लोकार्पण कार्यक्रमक प्रमुख अतिथि मुख्यमन्त्री शालिकराम जमकट्टेलले जनयुद्धमा धादिङ पुस्तक एक ऐतिहासिक दस्तावेज बनेको बताउनुभयाे ।
उहाँले यो कृतिको महत्व छुट्टै रहने बताउनुभयाे । कार्यक्रमका विशेष अतिथि संघीय सांसद रामनाथ अधिकारीले जनयुद्धको उपलब्धीलाई अझै संस्थागत गर्न बाँकी रहेको टिप्पणी गर्नुभयाे ।
साथै उहाँले जनयुद्धको क्रममा धादिङमा सबै दल, सेना प्रहरी र सामान्य नागरिक कतिले सहादत प्राप्त गरेका थिए एउटा महत्वपूर्ण संग्रह दस्तावेजका रुपमा धादिङमा जनयुद्ध पुस्तक आएकोमा खुसी व्यक्त गर्नुभयाे ।
कार्यक्रमका अतिथि एवम् नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले पुस्तकको भावना र मर्म पठनीय त छदैंछ यो पुस्तकले उठाएको मर्मलाई स्थानीय सरकारले स्थानीय शिक्षाको पाठ्यक्रममा समेत राख्नु पर्ने धारणा राख्नुभयाे ।
बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष एवम् पुस्तक प्रकाशन समितिका संयोजक कृष्णबहादुर थपलिया (विवेक) को सभापतित्वमा भएको पुस्तक लोकार्पण कार्यक्रममा पुस्तक प्रकाशनको लागि सहयोग गर्नेहरुलाई सम्मान पत्र एवम् कदर पत्र प्रदान गरिएको थियो ।

