प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वेदश फर्कदैं

भ्रमण पूर्णरूपमा सफल भएको दावी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो चार दिने भारत भ्रमण पूरा गरी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेकाे छ । नेपाल एअरलाइन्सकाे नियमित उडानबाट प्रधानमन्त्रीकाे भ्रमणटाेली स्वदेश फर्कन लागेकाे हाे ।

यसैवीच प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण पूर्णरूपमा सफल भएको र यसले नेपालको आर्थिक समृद्धि र विकास प्रक्रियामा नयाँ इँटा थपेको बताउनुभएकाे छ ।

शुक्रबार मध्यप्रदेशको इन्दोरमा नेपाली पत्रकारहरूसँग कुरा गर्दै उहाँले भ्रमणका क्रममा भएका सहमति तथा सम्झौता आफैँमा महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयाे । साथै प्रधानमन्त्री प्रचण्डले समग्र देशको हितलाई केन्द्रमा राखेर आफूले छलफल गरेको बताउनुभएकाे हाे ।

भ्रमणका दाैरान उर्जा व्यापरमा दीर्घकालीन सम्झाैता, बंगलादेश सम्म विजुली निर्यात, प्रसारण लाइन, पेट्राेलियम लाइन विस्तार लगायतका बिषयमा महत्वपूर्ण सहमति बनेकाे प्रधानमन्त्रीकाे भनाइ थियाे ।

Facebook Comments