एसईईको नतिजा सार्वजनिक, त्रुटी सच्याउन ६ महिना

राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालित एसईई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा बिहीबार सार्वजनिक गरेको छ ।

बाेर्डले नतिजा सार्वजनिक गर्न गरेकाे पत्रकार सम्मेलनमा गत वर्षको तुलनामा यस वर्ष समग्र नतिजामा सुधार देखिएको जनाएको छ ।

गणित, अर्थशास्त्र र ऐच्छिक गणितमा भने नतिजा कमजाेर छ । ती विषयमा धेरै विद्यार्थीकाे ग्रेड न्यून छ ।

बोर्डका अनुसार यस पटकको एसईईमा सहभागी ४ लाख ८४ हजार ९ सय ३९ विद्यार्थी सहभागी थिए । जस मध्ये २२ हजार ४ सय ७५ (४.६३ प्रतिशत) जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन् । यस्तै ३.२ देखि ३.६ जीपीए प्राप्त गर्ने विद्यार्थी ५५ हजार ६९ जना अर्थात् ११.३६ प्रतिशत छन् । २.८ देखि ३.२ जीपीए ल्याउने करिब १४ प्रतिशत अर्थात् ७२ हजार ३ सय ६२ जना छन् । जीपीए २.४ देखि २.८ प्राप्त गर्ने विद्यार्थीको संख्या ८९ हजार ३ सय ३१ जना अर्थात् १८.४२ छ ।

ग्रेडयस वर्ष प्रतिशतमागतवर्ष प्रतिशतमा
ए प्लस (३.६ देखि ४)४.६३१.९६
ए (३.२ देखि ३.६)११.३६८.४
बी प्लस (२.८ देखि ३.२)१४१४
बी (२.४ देखि २.८)१८.४२१८.३१
सी प्लस २.० देखि २.४२१.०९२२.७४
सी १.६ देखि २.०१८.२४२०.३०
डी प्लस १.२ देखि १.६३७.९९
डी ०.८ देखि १.२०.४५०.६६
नतिजा रोकिएको२.६९ 

यस वर्ष २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थी सबैभन्दा धेरै छन् । यस वर्ष २१.०९ प्रतिशत अर्थात् १ लाख २ हजार २ सय ९३ जनाले उक्त जीपीए ल्याएका छन् । जीपीए १.६ देखि २.० प्राप्त गर्ने ८८ हजार ४ सय ४७ जना अर्थात् १८.२४ प्रतिशत छन् । यस्तै १.२ देखि १.६३ जीपीए प्राप्त गर्ने ८ हजार ७ सय ७० अर्थात् ७.९९ र यस वर्ष २ हजार २ सय अर्थात् ०.४५ प्रतिशत विद्यार्थीले जीपीए ०.८ देखि १.२ ल्याएका छन् । १३ हजार ९ सय ९२ विद्यार्थीको नतिजा भने विभिन्न कारणले रोकिएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले समग्रमा गत वर्षको तुलनामा यस वर्ष नतिजामा सुधार आएको बताएउनुभयाे। यसवर्ष नियमित कक्षा सञ्चालन राम्रो भएकाले नतिजामा सुधार आएको बाेर्डकाे जिकीर छ ।

एसईईमा सहभागी विद्यार्थीमध्ये २ लाख २ सय ६८ विद्यार्थी अर्थात् करिब ४१ प्रतिशतले गणितमा कमजोर ग्रेड ‘डी र ई’ ल्याएका छन्, सबैभन्दा तल्लो ‘ई’ ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या मात्रै १ लाख ५५ हजार रहेको छ ।

२० भन्दा पनि कम अंक भए ‘ई’ ग्रेड दिइन्छ । पछिल्लाे ग्रेडिङ प्रणालीमा गणना गर्दा २० भन्दा कम ल्याउने विद्यार्थी नन ग्रडिङमा परी ११ कक्षा पढ्न अयाेग्य हुनेथिए ।

नामथर र जन्ममिति ६ महिनाभित्र सच्याउन सकिने

यसैवीच माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा अबको ६ महिनाभित्र सच्याउन सकिने छ ।

राष्ट्रिय परीक्षा बोर्डले ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले प्रमाण पत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष निवेदन दिनुपर्ने जनाएकाे छ ।

प्राप्त निवेदन अनुसार प्रमुख जिल्ला अधिकारीले फैसला पर्चा र सिफारिस गरेको आधारमा मात्रै बोर्डले नाम, थर र जन्ममिति सच्याउन मिल्छ ।

Facebook Comments