मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु
मकवानपुरमा २ वटा ट्रक एक आपसमा ठाेक्किंदा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
आज बिहान २ बजे दुईवटा ट्रक ठक्किंदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार मनहरी गाउँपालिका-६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा साे दुर्घटना भएकाे हाे ।
हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नंको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नंको ट्रक एकापसमा ठक्कर खाँदा आगलागी भएकाे थियाे ।
दुर्घटनामा मृत्यु हुनेमा ना६ख ६६६७ नंको ट्रक चालक चितवन जिल्ला राप्ति ननगरपालिका-८ का २८ वर्षीय रिहान रुम्बा तामाङ, सहचालक गोरखा जिल्ला गण्डकी गाउँपालिका-२ गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नं को ट्रककाे सहचालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३ बस्ने वर्ष २० को अमृत प्रजा रहेका छन् ।
आगलागीका कारण दुवै ट्रकमा पूर्ण क्षति पुगेकाे छ। दुर्घटनामा चितवन जिल्ला राप्ति नपा ३ बस्ने वर्ष ३५ को विवेक तमाङ र ना ६ ख ६३१ नंको ट्रक चालक मकवानपुर मनहरी गापा ३ का ३२ बर्षीय अर्जुनकुमार प्रजा घाइते भएकाले उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ।

