समाजवादी मोर्चाको ४ सदस्यीय कार्यदल गठन, प्रदेशस्तरीय कार्यक्रम गर्ने ।
समाजवादी मोर्चा नेपालको प्रथम बैठक बसकाे छ । माेर्चा गठन भएकाे चाैथाें हप्तामा बसेकाे पहिलाे बैठकले चार सदस्यीय कार्यदल गठन गरेको छ।
शनिबार आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठक चार सदस्यीय कार्यदल गठन गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभयाे ।
साे कार्यदलमा एकीकृत समाजवादीका उपाध्यक्ष रमेश हमाल, माओवादी केन्द्रका महासचिव देव गुरूङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका नेता खड्गबहादुर विश्वकर्मा सदस्य छन् ।
यस कार्यदललाई मोर्चाको नीति र आचारसंहिता तय गर्ने म्यान्डेट छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकाे अध्यक्षतामा भएकाे बैठकले ७ वटै प्रदेशमा माेर्चाकाे कार्यक्रम गर्ने निर्णय समेत गरेकाे छ।
Facebook Comments

