काेशी प्रदेश सरकारः सर्वाेच्चतिर नजर
काेशी प्रदेश सरकारकाे भविष्य सर्वाेच्चले दिने फैसलाले निर्धारण हुनेछ । नेपाली कांग्रेसका उद्धव थापालाई संविधान विपरीत कोशी सरकारको मुख्यमन्त्रीमा नियुक्त गरिएको दाबीसहित नेकपा एमालेले दायर गरेको रिटमा आज आइतबार सुनवाइ हुँदै छ ।
निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले शुक्रबार सर्वोच्चमा रिट दर्ता गराउनुभएकाे थियाे । साेही रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । काेशी प्नदेश सरकार गठनमा सभामुखकाे समेत हस्ताक्षर प्रयाेग भएकाे र साे संविधान विपरीत हुने भन्दै एमालेले सर्वाेचचमा रिट हालेकाे हाे ।
रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभामुख बाबुराम गौतम लगायतलाई विपक्षी बनाइएको छ ।
अघिल्ला मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत गुमाएपछि थापाले सभामुख सहति जाेडेर सरकारमा दाबी गर्दै शुक्रबार मुख्यमन्त्री नियुक्त हुनुभएकाे हाे ।
यतिबेला सबैकाे नजर सर्वाेच्चले काेशी प्रदेश सरकारकाे निरन्तरता वा विरूद्ध अन्तरिम आदेश देला भन्ने पर्खाइमा छ ।

