प्रधानमन्त्री प्रचण्ड गाेरखा जाने, बुढीगण्डकी जलविद्युत फिल्ड कार्यालय उदघाटन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जानुहुने भएकाे छ। पत्नी सीता दाहालकाे निधन भएपछि पहिलाे पटक प्रधानमन्त्री प्रचण्ड सार्वजनिक कार्यक्रममा सहभागी हुन लाग्नुभएकाे हाे । मंगलबार पत्नी सीता दाहालकाे स्मृतिमा प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जली कार्यक्रम गरिएकाे थियाे ।

प्रधानमन्त्री प्रचण्डले गोरखामा बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजनाको फिल्ड कार्यालय उदघाटन गर्ने कार्यक्रम तय भएकाे छ ।

प्रधानमन्त्री प्रचण्ड बिहान प्रचण्ड प्रज्ञा भवन कमलादीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रममा सहभागी हुने प्रधानमन्त्रीकाे निजी सचिवालयले जनाएकाे छ ।

Facebook Comments