महिला पर्यटन ब्यवसायी मञ्च(ओटेफ)द्वारा स्थापना दिवसका अवसरमा तालवाराही मन्दिरमा सहयाेग
आर्थिक विकासको लागि पर्यटन ब्यवसायमा महिला सहभागिता भन्ने मुुल नारा सहित गठन गरिएको महिला पर्यटन ब्यवसायी मञ्च(ओटेफ)ले आफ्नोे सातौं स्थापना दिवस मनाएको छ ।
ओटेफले फेवातालको वीचमा रहेको तालवाराही मन्दिरको पुर्ननिर्माणमा आर्थिक सहयोग गरेर आफ्नो स्थापना दिवस मनाएको हो । सोमवार तालबाराही मन्दिर प्राङगणमा आयोजित कार्यक्रममा तालवाराहि मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष हिक्मत बहादुर कुवंरलाई २५ हजार पाँच ५५ रुपैया हस्तान्तण गरिएको हो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले धार्मिक पर्यटनलाई महत्व दिएर प्रचार प्रसारमा लाग्नुपर्नेमा जोड दिनुभयो । पहारी अथाह सम्भावना हुदा हुदैपनि पर्यटनको क्षेत्रमा अझैकाम हुन नसकेको पहारीको भनाई थियो ।
पोखराको मात्रै नभएर नेपालकै महत्वपुुर्ण मन्दिर पुुर्ननिर्माणमा आर्थिक सहयोग गरेर स्थापना दिवस मनाएको भन्दै उहाले सस्थाको प्रसंसा गर्नुभयो ।
सांसद पहारीले महिला पर्यटन ब्यवसायी मञ्चले आफ्नो स्थापनादेखिनै महिलाहरुको सशक्तिकरणमा सहयोग पुर्याउदै आएको पनि बताउनुभयो पर्यटन वोर्ड गण्डकीका कार्यवाहक प्रमुख नविन पोखरेलले देश भित्र मात्रै नभएर अव विदेशी संगपनि प्रतिस्पर्धा गर्नुपर्ने हुुदा आइटी र भाषाको क्षेत्रमा दक्षहुनुु आजको आवश्यकता रहेकोमा जोड दिनुभयो ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमलाल श्रेष्ठले महिला पर्यटन ब्यवसायी मञ्चले पर्यटन परिषद संग सहकार्य गर्दे आएकोले आगामिदिनमा पनि सहकार्य हुने विश्वास ब्यक्त गर्नुभयो ।
महिला पर्यटन ब्यवसायी मञ्च(ओटेफ)का संस्थापक अध्यक्ष जमुना पराजुलीले महिलाहरुपनि पर्यटन क्षेत्रमा रहेका छन भन्ने सन्देश दिनको लागि आफुुहरुले संस्था स्थापना गरेको स्मरण गर्नुभयो ।
पराजुलीले स्थापना दिवसमा बर्षेनी विभिन्न ठाउँमा सहयोग गर्दे आएको भन्दै यस पटक सानो सहयोग भएपनि मन्दिरमा इट्टा थप्ने काम गरेको बताउनुभयो ।
महिला पर्यटन ब्यवसायी मञ्चका अध्यक्ष उमा भण्डारीले पर्यटन क्षेत्रमा महिला पर्यटन ब्यवसायी प्राथामिकतामा पर्न नसकेको भन्दै आगामि दिनमा राज्यको प्राथामिकतामा महिला पर्यटन ब्यवसायी पर्नुपर्ने बताउनुभयो । कार्यक्रममा तालबाराही मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष हिक्मत बहादुर कुवंर,महिला पर्यटन ब्यवसायी मञ्चका उपाध्यक्ष ममता न्यौपाने,महासचिव लक्ष्मी लामिछाने लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।
Facebook Comments

