नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, पन्छाउन समय लाग्ने
नारायणगढ–मुग्लिन सडकखण्डमा ठूलाे पहिरो खसेकाे छ । पहिराे ठूलाे भएकाले पन्छाउन समय सडक डिभिजन कार्यालय चितवनले जनाएकाे छ ।
सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो। चार वटा मेसिनकाे प्रयाेग गरी पहिराे पन्छाउने प्रयास भइरहेकाे छ ।
सडक अवरूद्ध भएपछि काठमाडौँबाट नारायणगढ गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएका छन् भने पश्चिम र पूर्वबाट मुग्लिन नारायणगढ तर्फ आएका सवारीसाधनलाई भरतपुरमै राेकिएका छन्।
Facebook Comments

