मनसुन सरदर स्थानमा सक्रिय, केही स्थानमा मात्र हल्का वर्षाकाे संभावना

नेपालमा मनसुन सक्रिय रहेकाे छ । यद्यपि काेशी प्रदेशका केही स्थानमा र मुलुकका अन्य एक दुइ स्थानमा हल्का वर्षाकाे संभावना रहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको आसपासमा अवस्थित छ। देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार  बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने तथा कोशी प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी ३ दिनसम्म हल्का तथा मध्यम वर्षाकाे संभावना रहेपछि भारी वर्षाकाे संभावना नरहेकाे महाशाखाले जारी गरेकाे माैसम बुलेटिनमा उल्लेख छ ।

Facebook Comments