मेयर बालेन शाह प्रतिष्ठित टाइम म्यागेजिनकाे १०० उदयीमान नेताकाे सूचीमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह प्रतिष्ठित टाइम म्यागेजिनकाे सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूचीमा पर्नुभएकाे छ ।

म्यागेजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने सूची हरेक वर्ष जारी गर्ने गर्दछ । सन् २०१९ बाट सुरू भएकाे सूची सार्वजनिक गर्ने क्रममा सन् २०२३मा विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम १०० नेस्क्ट’ मा मेयर शाहलाई समावेश गरेको हो ।

साे म्यागजिनले वर्ष व्यक्ति, संसारका प्रभावशाली सय व्यक्तिको सूची जारी गर्दै आएकोमा सन् २०१९ देखि उदयमान नेताहरुको सूची सार्वजनिक गर्न थालेको हो ।

टाइमले २०७९ वैशाखको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार तथा पेशाले स्ट्रक्चरल इन्जिनियर ३३ वर्षीय शाहले सामाजिक सञ्जालकाे भरपूर प्रयाेग गरी प्रभाव पार्न सकेकाे विषय उल्लेख छ ।

साेही प्रभावले अन्य स्वतन्त्र उम्मेदवारले समेत निर्वाचनमा विजयी बन्न मद्दत पुगेकाे म्यागजिनले उल्लेख गरेकाे छ ।

Facebook Comments