मनसुनकाे प्रभाव कम हुँदै, केही स्थानमा मध्यम वर्षा हुने
नेपालमा मनसुनकाे प्रभाव कम हुँदै गएकाे छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वामानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकाे छ।
महाशाखाका अनुसार नेपालमा हाल भारतको पूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
महाशाखाले जसको कारण हाल सुदूरपश्चिम, कर्णालीलगायतका बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने जनाएकाे छ ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी तथा अन्य भू–भागका एक दुई स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।
आज राति भने देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका पहाडी भू–भागका केही स्थानहरू भने मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

