काेरियामा विश्व शान्तिका लागि ३ दिने शिखर सम्मेलन सुरू

विश्वभरी दिगो शान्ति कायम गर्ने र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यसाथ सोमबार विहानदेखि दक्षिण कोरियाको ग्राण्ड बालरुम (वेष्ट टावर) मा शान्तिबारे सचेतना जगाउने उद्देश्यले तीन दिने शिखर सम्मेलन सुरु भएकाे छ ।

आयोजक संस्थाले हेभन्ली कल्चर, वल्र्ड पिस, रेस्टोरेशन अफ लाइट (एचडब्लुपीएल)ले हरेक वर्ष सेप्टेम्बर १८ देखि २० सम्म विभिन्न कार्यक्रमका साथ विश्व शान्ति शिखर सम्मेलन गर्ने गरेकाे छ ।

शान्तिको क्षेत्रमा कार्यरत स्थापित अन्तर्राष्ट्रिय गैर सरकारी संस्था एचडब्लुपीएलको आयोजनामा हुने सम्मेलनमा दिगो शान्तिका लागि शान्ति क्षेत्रमा कार्यरत विश्वका नेताहरुको छलफल कार्यक्रम, अन्तर्रााष्ट्रय युवा शान्ति गोष्ठी, धार्मिक गुरुहरुबीच गोष्ठी, अन्तर्राष्ट्रिय महिलाको गोष्ठी समावेश गरिएकाे छ ।

सम्मेलनले दिगो शान्ति विश्वभरी फैलाउनेगरी संयुक्त प्रस्ताव तयार गर्ने जनाएको छ । सन् २०१३ मा स्थापना भएको यो संस्था शान्ति कायम गर्ने क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्ने संस्थाको रुपमा स्थापित छ ।

संस्थाका अध्यक्ष मान ही लीले स्न २०१३ देखि विश्वका विभिन्न देशको शान्ति प्रक्रियाका विषयमा अध्ययन गरी एचडब्लुपीएल मार्फत विश्वभरी दिगो शान्तिको पहल गर्दैआउनुभएको छ ।

आफ्नो संस्थाको ९ औं वार्षिकोत्सवको अवसरमा अध्यक्ष हीले हरेक नागरिकले विश्व शान्तिका लागि पहल गर्नुपर्ने बताउँने गर्नुभएकाे छ ।

Facebook Comments