चिकित्सक र सरकारवीच ६ बुँदे सहमति
आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति भएको छ। शनिबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिबीच भएको सहमति भएको हो।
बिरामीका आफन्तहरूले विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरूमाथि आक्रमण गरेको विराेधमा शान्ति सुरक्षाकाे माग गर्दै चिकित्सकहरू आन्दाेलित बनेका थिए ।
सहमति पत्रमा चिकित्सका तर्फबाट स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरे र सरकारकातर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. दिपेन्द्र रमण सिंहले हस्ताक्षर गरेका छन्।
सहमतिमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि ३ बर्षमाथि कैद सजायँ हुनुपर्ने लगायतका बिषय समेटिएका छन् ।

Facebook Comments

