एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा विजयी
नेकपा (एमाले) गण्डकी अध्यक्षमा नवराज शर्मा विजयी हुनुभएकाे छ । उपमहासचिव पृथ्वीसुब्बा गुरूङ पक्षका शर्माले ५ सय ३१ मत प्राप्त गर्दा प्रतिस्पर्धी मायानाथ अधिकारीले ३ सय ६५ मत प्राप्त गर्नुभयाे ।
त्यसै गरी उपाध्यक्षमा मीनबहादुर गुरूङले ५ सय ३४ मतका साथ विजयी हुनुभयाे भने सचिवमा धनञ्जय दवाडी ५ सय २० मतका साथ विजयी हुनुभएकाे हाे । गुरूङले प्रतिस्पर्धी बाबुराम वि.कलाइ १८२ मतले पछि पर्नुभयाे भने सचिवका प्रतिस्पर्धी रश्मी आचार्यले ३ सय ७६ मत मात्र प्राप्त गर्नुभयाे ।
उपसचिवमा दामबहादुर बिश्वकर्माले ४९९ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी सन्तोष रावलले ३ सय ९७ मत प्राप्त गर्नुभयाे । महिला उपसचिवमा मञ्जु अधिकारीले ५ सय ३१ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी मीना गुरूङले ३ सय ६५ मत प्राप्त गर्नुभयाे । पदाधिकारीमा विजयी सशै उपमहासचिव गुरूङ पक्षधरका हुन् ।
एमालेकाे गण्डकी प्रदेशकाे नेतृत्व चयनका लागि कुल ९ सय ७ मतदातामध्ये ८ सय ९६ जनाले मतदान गरेका थिए ।
१ सय ६५ पदका लागि भएको निर्वाचनमा २ सय ७७ जनाको उम्मेदवारी कायम भएकाेमा ३१ जना निर्विरोध निर्वाचित भइसकेका थिए। शुक्रबार विजयी पदाधिकारी लगायत कमिटीकाे निर्वाचित भएकाे प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेकाे निर्वाचन समितिले जनाएकाे छ ।

