इजरायलमा हमासकाे रकेट हमला, नेपाली विद्यार्थी पनि घाइते

इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले रकेट प्रहार गरेको छ । जसका कारण इजरायलतर्फ सेना तथा सर्वसाधरण समेत गरी ३०० बढीकाे मृत्यु भएकाे सिएनएनले उल्लेख गरेकाे छ । हजाराैं घाइते भएका छन् ।

भीमतहिममा शनिबार बिहान ५ः३० बजेको समयमा एक्कासी आक्रमण भएकाे थियाे । इजरायलले जवाफी आक्रमण गर्दा २ सय बढी प्यालेस्टिनी विद्राेहीकाे मृत्यु भएकाे बताइएकाे छ । हजाराैं घाइते भएका विवरण आएका छन् । अहिले पनि साे क्षेत्र तनावग्रस्त रहेकाे बताइएकाे छ ।

इजरायलकाे सेदोत नेगेभको किवुज अलुमिन (आवास क्षेत्र)मा रकेट विस्फाेट भएकाे थियाे । साे क्षेत्र द्वन्द्व प्रभावित क्षेत्र हाे । रकेट आक्रमणामा सेदोत नेगेभ क्षेत्रमा प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि पुगेकामध्ये ११ नेपाली बिद्यार्थी छन् । उनीहरू मध्ये ९ जना घाइते भएकाे र २ जनाकाे अवस्था गम्भीर रहेकाे बताइएकाे छ ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् । किवुज अलुमिनमा रहेका १४ जनामध्ये ९ जना घाइते छन्, जसमा दुई जनाको अवस्था गम्भीर छ । यो क्षेत्र द्वन्द्वग्रस्त हमास नियन्त्रित गाजा क्षेत्रबाट नजिकै पर्छ ।

सेदोत नेगेभ कृषि तालिम केन्द्रमा अध्ययन गर्न ४९ नेपाली विद्यार्थी पुगेका छन् । इजरायलस्थित नेपाली दुतावासले संकटमा फसेका नेपालीको विवरण संकलन भइरहेको जनाएको छ । विद्यार्थी रहेको क्षेत्र हमास विद्रोहीको नियन्त्रणमा रहेकाले उद्धारमा कठिनाइ भइरहेको दुतावासले जनाएकाे छ ।

Facebook Comments