जर्मनमा नेपाली श्रमिक जान पाउने

युरापेली मुलुक राेमानियसँग श्रम सम्झाैता भएलगत्तै जर्मनीले पनि नेपालबाट दक्ष श्रमिक लैजाने सम्झाैता भएकाे छ । नेपाल र जर्मनवीच दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदानमा संयुक्त घोषणा पत्रमा हस्ताक्षर भएकाे छ।

जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का र जर्मन संघीय रोजगार निकायका अन्तर्राष्ट्रिय मामिलाका निर्देशक माइकल भान डेर क्यामेनले घोषणा पत्रमा हस्ताक्षर गर्नुभएकाे छ ।

उक्त अवसरमा दुई पक्षबीच नेपाल–जर्मनी द्विपक्षीय सम्बन्ध, दक्ष श्रम आप्रवासन, श्रमिकको हित तथा सामाजिक सुरक्षा, जर्मन भाषा तथा व्यावसायिक तालिम र सर्कुलर माइग्रेसन लगायत विषयमा छलफल भएकाे थियाे ।

दक्ष श्रमिक भर्ना प्रक्रिया पूर्ण रूपमा अनलाइनबाट लिने बताइएकाे छ। सम्झाैता अनुसार नेपालले अब जर्मनीमा प्रशिक्षार्थी श्रमिक पठाउने छ। प्रशिक्षार्थी श्रमिकहरूलाई जर्मनीले एक वर्ष व्यावसायिक तालिम प्रदान गर्ने र तालिमपछि सम्बन्धित क्षेत्रमा रोजगारी उपलब्ध गराउँने बताइएकाे छ ।

Facebook Comments