इजरायलबाट २ सय ५४ नेपाली विद्यार्थी घर फिर्ता

सरकारले इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको हवाई उद्धार गरेकाे छ । इजरायल प्लालेस्ट्यान युद्धका कारणा जाेखिममा परेपछि इजरायलमा रहेका नेपाली विद्यार्थीले उद्धारका लागि सरकारसँग अनुराेध गरेका थिए । ।

नेपाली विद्यार्थी लिन सरकारले परराष्ट्रमन्त्री एनपी साउदलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानसहित बिहीबार बिहान पठाएको थियो । आरए २२९–२३५३ को विमान विहीबार बिहान ४ बजे त्रिभुवन विमानस्थलबाट उडेको थियो ।

इजरायलको तेल अभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान स्थानीय समयअनुसार २ बजेर ३२ मिनेट (नेपाली समय साँझ ५ बजेर १७ मिनेट) मा उडेको थियो । कार्गो र इन्धनका लागि साँझ करिब ८ बजे दुबई ल्यान्ड गरेको विमान राति अवेर काठमाडाैं आइपुगेकाे हाे ।

उद्धार गरिएका मध्ये कृषि विश्वविद्यालयका १ सय १९, त्रिभुवन विश्वविद्यालयका ९७ र सुदूरपश्चिम विश्वविद्यालयका ३५ जना विद्यार्थी रहेका छन् । सुदूरपश्चिमबाट गएका ४९ विद्यार्थीमध्ये १० जनाकाे मृत्यु भएकाे थियाे ।

नेपाली विद्यार्थी विपिन जोशीकाे अवस्था अज्ञात रहेकाे र घाइते भएका प्रवीण डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको इजरायलमै उपचार भइरहेको छ ।

Facebook Comments