मनसुन बाहिरियाे, पश्चिमी वायूकाे प्रभाव कायमै

देशभरबाट मनसुन बाहिरिइसकेकाे छ । तर पनि मंगलबार केही स्थानमा वर्षा भइरहेकाे छ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेकोले देशका विभिन्न भू-भागमा बदली तथा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मंगलबार बिहान गण्डकी, बागमती र मधेश प्रदेशका केही भू-भागमा मेघ गर्जन/चटयाङ तथा हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा भएकाे थियाे ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको जानकारी दिएको छ। 

बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै  र तराईका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्यासहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ। देशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Facebook Comments