गैरआवासीय नेपालीहरूको विश्व सम्मेलन हुँदै

गैरआवासीय नेपालीहरूको विश्व सम्मेलन आज (मंगलबार)बाट सुरू हुँदै छ। 

एघारौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन आज मंगलबारदेखि कात्तिक ३ गतेसम्म हुन लागेको हो। 

नेपालीका लागि नेपाली भन्ने मूल नारा तथा ज्ञान र रूपान्तरण समृद्धिको आधार भन्ने नारा सहित विश्व सम्मेलन हुन लागेकाे हाे ।

राष्ट्रपति रामचन्द्र पौडेलले सम्मेलनको उद्घाटन गर्नुहुनेछ । सँगै विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन तथा वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष र नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा सरकार र सरोकारवालासहितको सत्रको आयोजना गरिएको छ। 

कात्तिक २ गते संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम राखिएको छ। गैरआवासीय नेपाली संघ एनआरएनको अध्यक्षमा रुसबाट डा. बद्रि केसी, जापानबाट महेशकुमार श्रेष्ठ, अमेरिकाबाट रविना थापाको उम्मेदवारी रहेको बताइएको छ। त्यस्तै कतारबाट आरके (राजेन्द्र कुमार) शर्माले पनि आकांक्षा राखेका छन्।]

Facebook Comments