नेपाल टी-२० विश्वकप छनाैटकाे निर्णायक खेल खेल्दै

नेपाली क्रिकेट टिमले नेपाल टी-२० विश्वकपमा छनाैटका लागि निर्णायक खेल खेल्दैछ । शुक्रबार युएईसँग नेपालकाे लागि महत्वपूर्ण खेल हुन लागेकाे हाे ।

घरेलु मैदानमा हुने यो खेल जिते पुग्नेछ भने पराजित भए १० वर्षपछि विश्वकप खेल्ने सपना फेरि अधुरै रहनेछ ।

घरेलु मैदानमा भइरहेको आईसीसी टी-२० विश्वकप एसिया छनोटमा समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि सेमिफाइनलमा युएईसँग खेल्नुपरेको हो ।

समूह ‘ए’ मा ओमान सबै ३ खेल जितेर विजेता बनेकाे हाे । नेपाल दुई जित र एक हारको नतिजा सहित समूह उपविजेता बन्यो । युएई समूह ‘बी’ का तीन वटै खेल जितेर समूह विजेता बनेपछि नेपालसँगकाे भेट पक्का भएकाे हाे ।

मुलपानी मैदानमा स्थान अभावका कारण दर्शक कम हुनेछन् । क्यानले जम्मा ३५०० वटा टिकट बिक्री गरेकाे जनाएकाे छ ।

Facebook Comments