संक्रमणकालीन न्यायबारे प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली छलफल र कांग्रेस सभापति देउवाबीच छलफल

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित बिषयमा छलफल भएकाे छ ।

प्रधानमन्त्रीकाे सचिवालयका अनुसार संसदमा विचाराधीन रहेकाे संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संघीय संसद्को आगामी अधिवेशनबाट पारित गर्न तीन नेताकाे सहमति भएको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन नेताको मंगलबार साँझको बैठकमा द्वन्द्वपीडितले विज्ञप्ति निकालेर राज्य र राजनीतिक दलहरूको ध्यानाकर्षण गरिरहेको विषयमा समेत छलफल भएकाे थियाे ।

तीनवटै नेताहरूले शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंगो लगाउने प्रतिबद्धता व्यक्त गरेको प्रधामन्त्रीका स्वकीय सचिव रमेश मल्लले जनकारी दिनुभयाे ।

तत्कालीन सात राजनीतिक दल र तत्कालीन नेकपा माओवादीबीच शान्ति सम्झौता भएको १८ वर्ष पुग्दा समेत संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंगो नलाग्दा पीडितहरू झन पीडामा परेका छन् ।

Facebook Comments