बाग्मती प्रदेशले १० अस्पतालकाे स्ताराेन्नत्ती र प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने

बागमती प्रदेश सरकारले १० अस्पतालको स्तरोन्नती र प्रदेशमा सार्वाजनिक विश्वविद्यालय बनाउने निर्णय गरेको छ ।

बागमती प्रदेश सरकारकाे गत पुस ३ गते बसेको मन्त्रिपरिषद बैठकले हेटौंडा अस्पताल मकवानपुर र भक्तपुर अस्पताल भक्तपुरलाई ३०० बेडमा स्तरोन्नती गर्ने निर्णय गरेको हाे ।

यसैगरी धादिङ अस्पताल धादिङबेसी, त्रिशूली अस्पताल नुवाकोट, सिन्धुली अस्पताल सिन्धुली र बकुलहर अस्पताल चितवन १०० बेडमा स्तरोनत्ती गरिनेछ भने सिन्धुपाल्चोक अस्पताल, रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं अस्पताल र काभ्रेको मेथिनकोट अस्पताल ५०/५० बेडमा स्तरोन्नती हुने छन् ।

अस्पतालहरूको स्तरोन्तीसँगै प्राविधिकसहित १ हजार ६६९ जना कर्मचारीहरुकाे व्यवस्थापन समेत गर्ने निर्णय गरेको मुख्यमन्त्री शालिकराम जमकट्टेलले जानकारी दिनुभयाे ।

त्यस्तै मकवानपुर बहुमुखी क्याम्पस हेटौंडालाई बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णयसमेत गरेको छ ।

Facebook Comments