अनलाइनबाटै सामाजिक सञ्जालबारे गुनासाे दर्ता गर्न मिल्ने

अब सामाजिक सञ्जालसम्बन्धी गुनासो वा उजुरी भए अनलाइनबाट दर्ता गर्न सकिने भएको छ। 

सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएकाले नियमन गर्न सहज बनाउन अनलाइन मार्फत् गुनासाे दर्ता गर्ने व्यवस्था गरिएकाे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएकाे छ ।

सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेकाे छ । साेही निर्देशिका अनुसार सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरू गरेको हो। 

अनलाइनमा दर्ता भएका गुनासाे एवं उजुरी सामाजिक सञ्जाल व्यवस्था इकाईले ब्यवस्थापन गर्नेछ । साे इकाईले ध्ययन गरेर साइबर अपराधसँग सम्बन्धित भए प्रहरीमा र सामाजिक सञ्जाल प्लेटफर्मले समाधान गर्नुपर्ने विषय भए सम्बन्धित प्लेटफर्मको सम्पर्क व्यक्तिलाई लेखी पठाउनेछ। 

मन्त्रालयको वेबसाइटमा गएर ‘सामाजिक सञ्जाल गुनासो दर्ता‘ आइकनमा क्लिक गरेर सामाजिक सञ्जालसम्बन्धी गुनासो दर्ता गर्न सकिन्छ। 

Facebook Comments