मौसम: गण्डकी र कर्णाली प्रदेशमा हल्का हिमपातको सम्भावना
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम मुख्यतया सफा रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका हल्का हिमपात हुने सम्भावना छ ।
महाशाखाले हाल तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको र बाँकी भूभागको मौसम सफा जनाएको छ ।
आज दिउँसो लुम्बिनी,सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
बुधबार राती गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

