चितवनमा सवारी दुर्घटना, २० जना घाइते

चितवनमा सवारी दुर्घटना हुँदा २० जना घाइते भएका छन् । रौतहटबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०१–००६ ख २००४ नम्बरकाे बस दुर्घटना हुँदा बसमा सवार २० जना यात्रु घाइते भएका हुन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको थियाे ।

घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीका अनुसार घाइतेहरूकाे चितवन मेडिकल कलेजमा उपचार भइरहेकाे छ । २ जनाको अवस्था गम्भीर छ ।

Facebook Comments