मन्त्रिपरिषद पुनर्गठन गर्ने प्रधानमन्त्रीकाे घाेषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्ने घाेषणा गर्नुभएकाे छ। अवकाे पुनर्गठनमा तामाङ समुदायबाट मन्त्री नियुक्त गर्ने पनि प्रधानमन्त्री प्रचण्डकाे भनाइ छ ।

राष्ट्रिय सोनाम ल्होछार–२८६० का अवसरमा शनिबार टुँडिखेलमा आयोजित तामाङ सांस्कृतिक महोत्सवमा बोल्दै प्रधानमन्त्रीले संघीय मन्त्रिपरिषद पुनर्गठन हुने र बागमती प्रदेशबाट तामाङ समुदायको व्यक्ति मन्त्री बन्ने बताउनुभएकाे हाे ।

साथै उहाँले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा मात्रै संघीयता कार्यान्वयनमा गुणात्मक फड्को मार्न सकिने बताउनुभयाे ।

ल्हाेछारका लागि बजेट दिएकाे तर फाइल घुमेकाे भन्ने बिषयमा फलाे अप गर्ने प्रधानमन्त्रीकाे भनाइ थियाे ।

Facebook Comments