आगामी वर्ष एमालेले पार्टी शुद्धीकरण अभियान चलाउने
नेकपा एमालेले आगामी वर्षलाई पार्टीको शुद्धीकरण र सुदृढीकरणको वर्षका रुपमा मनाउने निर्णय गरेको छ ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले पार्टीलाई थप उचाइमा पु¥याउन अगामी वर्षमा शुद्धीकरण र सुदृढीकरणको अभियान चलाउने निर्णय गरेकाे छ ।
ज्ञवालीले राष्ट्र र जनसरोकारको मुद्दामा जनदबाब र जनपरिचालनका साथै सदन र आवश्यक परे सडकमा पनि आवाज उठाउने निर्णय भएको जानकारी दिनुभयाे ।
Facebook Comments

