राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल निर्वाचित
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएकाे छ ।

नवनिर्वाचित अध्यक्ष दाहालले मंगलबार नै पदभार ग्रहण गर्नुभएकाे छ । सिंहदरबारस्थित कार्यकक्षमा पुगेर मंगलबार साँझ उहाँले पदभार ग्रहण गर्नुभएकाे हाे ।
पदभारका क्रममा उहाँले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ४० मा भएको व्यवस्थाअनुसार राष्ट्रिय सभामा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रिय सभा सदस्यहरूका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय स्वीकृत गर्नुभएकाे छ । पदभार ग्रहणअघि शितलनिवासमा राष्ट्रपति रामचन्द्र पाैडेलसँगष दाहालले शपथ लिनुभएकाे थियाे ।
मंगलबारको राष्ट्रिय सभा बैठकमा भएको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दाहाल राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित हुनुभएकाे हाे । दाहालले ३९ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत प्राप्त गर्नुभयाे ।

