माल्दिभ्सबाट भारतीय सेना फिर्ता हुँदै

माल्दिभ्समा रहेका भारतीय सेनाका सदस्यहरू फिर्ता हुन सुरु भएको छ । माल्दिभ्सको सत्तामा मोहमद मोइज्जु आएपछि भारतीय सेना फिर्ता गर्ने घोषणा गर्नुभएकाे थियाे । भारतीय सेनालाई माल्दिभ्सबाट हटाउने एजेन्डासहित चुनावमा सफलता पाएपछि लगातार यसबारे अभिव्यक्ति दिँनुभएकाे थियाे ।

माल्दिभ्सको मिहारु खबरलाई उद्धृत गर्दै एएफपीले २५ भारतीय सेना फिर्ता भएको जनाएको छ ।

भारतीय सेना माल्दिभ्समा ८८ जना रहेकोमा अरु पनि चाँडै फर्कने बताइएकाे छ । भारतीय सेना फिर्ता भएपछि सुरक्षा जिम्मा माल्दिभ्सको नेशनल डिफेन्स फोर्सले लिएको छ । 

तर, भारत र माल्दिभ्स दुवैले यसको आधिकारिक पुष्टि भने गरेका छैनन् ।   यसअघि गत मे २९ मा माल्दिभ्समा भारतीय सैनिकलाई बदल्न २६ प्राविधिकको पहिलो टोली माल्दिभ्स पुगेको थियो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भारत र माल्दिभ्सबीच भएको सम्झौताअनुसार मे १० सम्ममा भारतीय सैनिक स्वदेश फर्किने जानकारी दिनभयाे ।

सेनाले सञ्चालन गर्ने गरेकाे भारतकाे सहयाेगमा माल्दिभ्समा रहेका हेलिकोप्टर र विमानले माल्दिभ्समा मानवीय सहायता र चिकित्सा सहयाेग गर्ने गरेकाे थियाे । आपतकालमा माल्दिभ्सका जनतालाई मद्दत जारी राख्न भारतबाट गैरसैनिक प्राविधिक कर्मचारीहरू पठाइएको छ ।

भारतले माल्दिभ्सलाई २०१० र २०१३ मा दुई वटा हेलिकोप्टर र २०२० मा एउटा सानो विमान उपहार दिएको थियो । यो विषयलाई लिएर माल्दिभ्समा निकै हंगामा भएको थियो ।

Facebook Comments