प्रतिनिधिसभाकाे बैठक बस्दै

संघीय संसदको दुवै सदनको बैठक आजका लागि डाकिएको छ । सदन अवरोधका कारण मंगलबार सारिएको प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।  

तर, नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपलचनमा मुछिएको भन्दै उनीमाथि छानबिन गर्न संसदीय समिति गठन गनुपर्ने माग राख्दै आएको छ । कांग्रेसले संसदीय समिति गठन नगरे सभाको अवरोध नहटाउने स्पष्ट भनेको छ ।

मंगलबार पनि संसदीय समिति गठन गरिनुपर्ने माग राख्दै सदनमा कांग्रेस सांसदहरुले उभिएर विरोध जनाए । सदन अगाडि बढाउने स्थिति नभएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटपछि बस्ने गरी स्थगित गरेको बैठक कांग्रेसले संसद् चल्न नदिने भएपछि सूचना टाँस गरेर आजका लागि सारिएको हो । 

Facebook Comments