काठमाडौंमा कार दुर्घटना, एक जनाको मृत्यु
काठमाडौंको रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान साढे पाँच बजे काठमाडौंको नागार्जुन नगरपालिका-६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा कार खसेकाे हाे ।
साे दुर्घटनामा कारका चालक नागर्जुन नगरपालिका-६ खरिबोटका अन्दाजी ४०/५० वर्षका पूर्ण दर्नालको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
प्रहरी वृत्त स्वयम्भूले उक्त कार कतिबेला कलभर्टमा खसेको भन्ने यकिन हुन नसकेकाे जनाएकाे छ । कार कलभर्टबाट निकालिसकिएको छ।
Facebook Comments

