एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त हुँदै
एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदै हुनुहुनछ । उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लाग्नुभएकाे हाे ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गर्नुभएकाे थियाे ।
साेही दिन एमाले अध्यक्ष ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसदसहित प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गर्नुभएकाे थियाे ।
प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म छ । त्यसपछि राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुहुने र शपथ भने सोमबार गराउने राष्ट्रपति कार्यालयकाे तयारी छ ।
ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुन लाग्नुभएकाे हाे ।
Facebook Comments

